फष्टलुक्समा यस्तो देखियो ‘पूजार सार्की’

काठमाडौँ । अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहने फिल्म ‘पूजार सार्की’ को फष्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको छायाङ्कन अगाडि नै फष्टलुक्स सार्वजनिक गरेको हो । पोस्टरमा अभिनेतात्रय आर्यन, प्रदीप र पल देखाइएको छ ।
फिल्मको छायाङ्कन मंगलबारदेखि कास्कीको कास्कीकोबाट सुरु हुँदैछ । मंगलबारदेखि हुने छायाङ्कनको लागि युनिट आइतबार कास्की जिल्लाको कास्कीकोट गाउँतर्फ हिँडेको छ ।
फिल्म दिनेश राउतले निर्देशन गर्न लागेका हुन् । फिल्ममा अन्जना बराइली र परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली लगायतको अभिनय रहनेछ ।
विकास सुवेदीको लेखन रहेको फिल्म सुवास भुसालले निर्माण गर्न लागेका हुन् । हिमाल केसीको द्वन्द्व रहने फिल्म फिल्म किङ्गडम नेटवर्कको ब्यानरमा बन्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ महिनामा भित्रियो साढे १० खर्ब बढी रेमिट्यान्स, फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब
-
विद्यालय शिक्षा विधेयकका थप ११ दफामा सहमति जुट्यो
-
मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
-
फिफ्टिन्स रग्वी च्याम्पियनसिप : उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब विजयी
-
बेनिशाको ‘कल्ली’ कात्तिक २१ मा रिलिज हुने
-
बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित