३ दिनदेखि धनगढीको आकाश खुलेन, उडान प्रभावित
आइतबार, १४ माघ २०८०, ०९ : ३२

धनगढी । गएको ३ दिनदेखि धनगढी–काठमाडौँको उडान प्रभावित भएको छ । गएको शुक्रबारदेखि लागेको बाक्लो हुस्सुको कारण उडान प्रभावित भएको जनाइएको छ ।
धनगढी विमान स्थल कार्यालयका वरिष्ठ अधिकृत दीपक भट्टका अनुसार शुक्रबार धनगढी–काठमाण्डौंको एउटा मात्र उडान भयो । भने शनिबार सबै उडान ठप्प भएको भट्टले जानकारी दिए । आज आइतबार पनि बिहानैदेखि अकास नखुलेकोले दिउँसो मात्रै उडानबारे थाहा हुने बताइएको छ ।
धनगढीबाट उडान भर्नका लागि १७०० मिटरसम्म आँखाले देखिनुपर्ने हुन्छ । तर आज १०० मिटरसम्म मात्रै देखिएको बताइएको छ । यहाँबाट बुद्ध एयरको २ र श्रीएयरको ४ वट गरी दैनिक ६ वटा उडान हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त