चिनियाँ उपमन्त्री र अध्यक्ष नेपालबिच भेटवार्ता

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हायान र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ । हायान नेतृत्वको प्रतिनिधि मण्डलले शनिबार साँझ एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगर पुगेर पार्टी नेतृत्वसँग भेटघाट गर्नुका साथै समसामयिक विषयमा छलफल गरेको हो ।
भेटवार्तामा अध्यक्ष नेपाल, पार्टीका सम्मानित नेता झलनाथ खनाल, पार्टीका अन्य नेताहरू साथै विदेश विभागका सदस्यहरूको उपस्थिति रहेको विदेश विभाग सचिव डा. शंकर खतिवडाले जानकारी दिए। द्विपक्षीय भेटघाटमा चिनियाँ प्रतिनिधिमण्डलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा चासो राखेको थियो । भेटवार्ता सौहार्दपूर्ण हुनुको साथसाथै, द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको विदेश विभाग सचिव डा. खतिवडाले जानकारी दिए।
उपमन्त्री हायानले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल