अफगानिस्तानको केन्द्रीय बैंकले १ करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने
शनिबार, १३ माघ २०८०, १८ : २२

काबुल । केन्द्रीय बैंक दा अफगानिस्तान बैंकले आइतबार राष्ट्रिय मुद्राको विनिमय दर स्थिर पार्न १ करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने निर्णय गरेको छ ।
बैंकले शनिबार जारी गरेको विज्ञप्तिमा जनाए अनुसार अफगानिस्तानको मुद्रा, विदेशी मुद्राहरू, विशेष गरी अमेरिकी डलरको तुलनामा पछिल्ला दुई हप्ताहरूमा निकै खस्किरहेको छ ।
गत साता १ अमेरिकी डलरको विनिमयदर ६९.९ अफगानी थियो भने शनिबार स्थानीय विनिमय बजारमा ७३.४ अफगानी पुगेको थियो ।
विगत केही महिनाहरूमा, केन्द्रीय बैंकले विदेशी मुद्राको तुलनामा अफगानीको अवमूल्यनलाई रोक्नका लागि देशको विनिमय बजारहरूमा लाखौं अमेरिकी डलर प्रवेश गराएको छ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान
-
जेलेन्स्कीले भने, ‘शान्ति वा नेटोको सदस्यता पाए म पद त्याग्न तयार छु’
-
राम्रो निद्राका लागि ३ योगासन
-
माओवादीको हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान किन ?
-
इटालियन सिरी’एमा युभेन्ट्स र एटलान्टा विजयी
-
व्यावसायिक माहुरीपालन फस्टाउँदै