लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
काठमाडौँ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । पर्साको वीरगंज महानगरपालिका-१६ भानुचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ग्रामसहित सोही ठाउँ बस्ने ६१ वर्षीय राजबली महतो समेत तीन जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको बताइएको छ । उता बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित सुर्खेत गुर्भाकोट नगरपालिका-९ बस्ने २१ वर्षीय राज वलीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै रौतहटको मौलापुर नगरपालिका-५ चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ८९ ट्याब्लेटसहित फतुवा विजयपुर नगरपालिका-८ विजयपुर बस्ने २८ वर्षीय सञ्जय कुमार दासलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले बारा पटेर्वाबाट विजयपुरतर्फ जाँदै गरेको ना.१३ प ४१९२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समस्याग्रस्त’ कर्णाली विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट
-
मन्त्रालयहरूको त्रैमासिक समीक्षा सुरु
-
पर्सा र महोत्तरीका सीडीओलाई गृहमन्त्रीले सोधे स्पष्टीकरण
-
जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्छ : प्रधानमन्त्री
-
म्यानचेस्टर सिटीका प्रशिक्षकको विचित्र व्यवहार : खेल बराबरीमा सकिएपछि अनुहार र टाउकोमा घाउ बनाए !
-
३८.८१ अंकले बढ्यो नेप्से, ९ अर्ब ३१ करोडको कारोबार