बागमतीले सजिलै हरायो लुम्बिनीलाई

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशमाथि ६ विकेटको सहज जीत हासिल गरेको छ । लुम्बिनीले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य बागमतीले १७.२ ओभरमा मात्र ४ विकेटको क्षतिमा पछ्यायो ।
बागमतीलाई जीत दिलाउन इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेले उनले ५४ बलमा ५ चौका र २ छक्का हिर्काउँदै ५० रन बनाए । त्यस्तै कप्तान रित गौतमले २४ तथा अशुतोष घिरैयाले १४ रनको योगदान दिए । लुम्बिनीका लागि निर्मल गुरुङले २ तथा कृष्ण कार्की र अभिषेक गौतमले एक–एक विकेट लिए ।
यसअघि सूर्य तामाङले घातक बलिङ गरेपछि लुम्बिनी प्रदेश बागमती प्रदेशविरुद्ध मात्र १ सय ६ रनमा समेटिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी मात्र ३२.२ ओभरमा अलआउट हुन पुग्यो ।
लुम्बिनीका लागि कप्तान सुशान्त थापाले सर्वाधिक २८ रनको योगदान दिए । त्यस्तै निर्मल गुरुङ २७ रन बनाएर नटआउट रहे । प्रज्वल थापाले १४ तथा विराट भण्डारीले १३ रन बनाउनबाहेक अन्य खेलाडीले ठुलो योगदान दिन सकेनन् ।
बागमतीका लागि सूर्य तामाङले १० ओभरमा २ मेडनसहित २६ रन खर्चेर ६ विकेट लिए । विपिन आचार्यले २ तथा प्रतिश जिसी र कृजन गुरुङले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयाको योगशिला अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
-
पिटर र गियोङ्गमिन पार्कलाई एसिया ट्राइयाथलन कप उपाधि
-
स्याललाई हात्ती बनाएपछि
-
‘सरकार ढल्छ भन्नेहरू देउवा थाइल्याण्डबाट फर्केपछि फत्रक्क गले’
-
कृष्ण प्रधानका तीन कविता
-
एमाले सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन: संसद्मा गलत कुराहरूको तत्काल प्रतिवाद गर्नुस्