एपीएफद्वारा २ सय ८ रनको लक्ष्य प्रस्तुत
शनिबार, १३ माघ २०८०, १३ : १२

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशसामु जीतका लागि २ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४७.२ ओभरमा सबै विकेट गुमाएर २ सय ७ रन बनायो ।
एपीएफका लागि ओपनर लोकेश बमले सर्वाधिक ५० रनको योगदान दिए । उनले ६७ बलमा ५ चौका र २ छक्का हिर्काए । त्यस्तै, भुवन कार्कीले ४५ रन तथा प्रदीप ऐरीले ३९ रन बनाए । पुरन बिकले ३० रनको योगदान दिए ।
गण्डकीका लागि कमल परियारले ३ तथा विपिन खत्री, अमृत गुरुङ र सन्दीप पराजुलीले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातबुँदे सम्झौता कार्यान्वयनतिर ध्यान दिनुपर्छ : उपसभापति गुरुङ
-
एसीमा कति समय बस्नु सुरक्षित छ?
-
बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माणको तयारीमा छौँ : उद्योगमन्त्री भण्डारी
-
‘राजनीतिक विवेक राख्नेले वर्तमान सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसके’
-
दुई अर्बको सिमेन्ट भारत निर्यात
-
इलाममा जेठी सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ