सूर्यको घातक बलिङ, १ सय ६ रनमा समेटियो लुम्बिनी
शनिबार, १३ माघ २०८०, ११ : ४४

काठमाडौँ । सूर्य तामाङले घातक बलिङ गरेपछि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश बागमती प्रदेशविरुद्ध मात्र १ सय ६ रनमा समेटिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी मात्र ३२.२ ओभरमा अलआउट हुन पुग्यो ।
लुम्बिनीका लागि कप्तान सुशान्त थापाले सर्वाधिक २८ रनको योगदान दिए । त्यस्तै निर्मल गुरुङ २७ रन बनाएर नटआउट रहे । प्रज्ज्वल थापाले १४ तथा विराट भण्डारीले १३ रन बनाउनबाहेक अन्य खेलाडीले ठुलो योगदान दिन सकेनन् ।
बागमतीका लागि सूर्य तामाङले १० ओभरमा २ मेडनसहित २६ रन खर्चेर ६ विकेट लिए । विपिन आचार्यले २ तथा प्रतिश जिसी र कृजन गुरुङले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ
-
तीनकुने घटनापछि प्रहरी हेडक्वार्टरले मगायो उपत्यका बाहिरको फौज
-
गुजरातद्वारा मुम्बईसामु जितका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत
-
मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
-
ताप्लेजुङमा ६ वर्षीया बालिकाको डुबेर मृत्यु