शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

जाडो छल्न न्यानो कपडा वितरण

शनिबार, १३ माघ २०८०, १० : ३२
शनिबार, १३ माघ २०८०

रौतहट । रौतहट स्थित गैरसरकारी संस्था माण्डवीले पाँच सय परिवारलाई जाडो छल्न न्यानो कपडा  वितरण गरेको छ।

पछिल्लो केही दिन देखि तराईमा चलेको शीत लहर सँगै चिसो अत्यधिक बढेपछि माण्डवीको पहल र एफसीडीओ स्टार्ट फण्ड नेपालको आर्थिक सहयोग तथा मरसी कर्पसको प्राविधिक सहयोगमा राहत स्वरुप न्यानो कपडा  वितरण गरेको हो ।

जिल्ला सदरमुकाम गौर नगरपालिका, परोहा नगरपालिका तथा इशनाथ नगरपालिका र सर्लाही जिल्लाको धनकौल गाउँपालिकामा  शीत लहर परियोजनाअन्तर्गत करिब ५०० परिवारलाई न्यानो कपडा वितरण गरिएको संस्थाकी अध्यक्ष अञ्जु झाले बताइन्।

पहिलो चरणमा  आठ हजार बराबरको न्यानो कपडा तथा दोस्रो चरणमा रु ६ हजार ५०० सय बराबरको खाद्य सामाग्रीहरू वितरणको योजना रहेको अध्यक्ष झाले जानकारी दिएकी छन्।

पहिलो चरणमा बाक्लो ज्याकेट, बाक्लो लोवर,उनीका सुइटर, उनीका मोजा, तातो पानी राख्ने १ लिटरको थर्मस, दुई केजी फोमको सिरक त्यस्तै ६ देखि १० केजी तौल भएको कपासको सिरक,६.५ फिट लम्बाई भएको पिफम, ठुलो त्रिपाल ,हट वाटर ब्याग, डसना, ऊनको टोपी, बाक्लो मोजा, टाउजर हाइनेक,  बच्चाको न्यानो कपडा, ऊनको पन्जा, चप्पलहरु वितरण गरिएको माण्डवीले जनाएको छ।

माण्डवीका अनुसार   पहिलो चरणमा न्यानो कपडा वितरणको काम शुक्रवार देखि सुरु भएको छ यो सकिनासाथ दोस्रो चरणको राहत सामग्री वितरण हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप