काठमाडौँ । नेपाल वायुसेवा निगमको प्रधान कार्यालय भवन भूमिपूजन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आज एक कार्यक्रमका बिच भवनको भूमिपूजन गरेका हुन् ।
सिनामंगलस्थित निगमको जग्गामा प्रधान कार्यालय भवनको विधिपूर्वक भूमिपूजन गरिएको हो । कार्यक्रममा निगमका पदाधिकारी तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।
सो क्रममा मन्त्री किरातीले आफू पर्यटन मन्त्रालयमा आएदेखि नै निगमको सुधारका लागि विभिन्न कामहरू गरेको सुनाए ।
प्रतिक्रिया