भरतपुरमा विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ
![भरतपुरमा विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ](https://npcdn.ratopati.com/media/news/renu_7D5eg4cN2M.jpg)
चितवन । भरतपुर महानगरपालिकाले विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिका–२७ मा रहेको जानकी माध्यमिक विद्यालयबाट कार्यक्रमको शुभारम्भ गरिएको हो ।
महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको विद्यार्थीसँग मेयर कार्यक्रमको शुक्रबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । विद्यालय परिसरमा विद्यार्थीसँग मेयर कार्यक्रमअन्तर्गत स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्टि भए नभएको पहिचान गर्न कार्यक्रम सुरु गरिएको हो । यस आर्थिक वर्षमा केही नमूना विद्यालयमा विद्यार्थीसँग प्रत्यक्ष कुराकानी एवं संवाद गरिने छ ।
कार्यक्रमले विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, समस्याको छिटोभन्दा छिटो समधान गर्न सकिने भरतपुर महानगरपालिका प्रमुख दाहालले बताइन् । विद्यालयको सुधारका लागि पर्याप्त मात्रामा भौतिक पूर्वाधार निर्माण भइसकेकाले आगामी दिनमा विद्यार्थीको मागअनुसार नै शैक्षिक गतिविधि अगाडि बढाउने गरी यो कार्यक्रम ल्याइएको उनले जानकारी दिइन् ।
शिक्षा क्षेत्रमा ठूलो लगानी गरी सकेको भरतपुर महानगरपालिकाले व्यवहारिक र प्राविधिक शिक्षालाई जोड दिँदै आइरहेको छ । जानकी माध्यमिक विद्यालयमा प्रमुख दाहालसँग जिज्ञासा राख्ने विद्यार्थीले भएका पूर्वाधारलाई व्यवस्थित ढङ्गबाट प्रयोगमा नल्याइएको बताएका थिए ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले स्थानीय पाठ्यक्रममा प्रमुख, उपप्रमुख, स्थानीय सरकार, जनप्रतिनिधिबारे उल्लेख गरेअनुरुप विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिन यो कार्यक्रम सञ्चालनमा ल्याइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्स अफिसमा राम्रो कमाइ गर्दै रि-रिलिज गरिएको ’सनम तेरी कसम’
-
कामपा प्रमुख शाहद्वारा ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण
-
पत्रकारिताको विश्वसनीयतामा सङ्कट र अस्तित्वमा चुनौती
-
संवैधानिक निकायमा असंवैधानिक नियुक्ति : ५२ जनाको मुद्दामा आज सुनुवाइ
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
केन्द्रीय प्रसारण लाइनको पहुँच अभाव हुँदा सेवा प्रभावित