कविता
केही त सिक
शनिबार, १३ माघ २०८०, ०७ : ४७

पुस्तान्तरणसँगै सोचान्तरण गर्न सिक
व्यवस्था मात्र होइन अवस्था पनि परिवर्तन गर्न सिक
कुर्सी नपाउँदा चिच्याउनेहरू हो
कुर्सी पाएपछि देश र जनताका लागि केही त गर्न सिक
पदमा आसीन हुन पाउँदा मख्ख पर्नेहरू हो
त्यो पदको लाज बचाउन सिक ।
भाषण गर वा नगर
तर देश र जनताका लागि विकास निर्माणको काम गर्न सिक
देशका जनतालाई देशको कानुनभित्र बसेर
काम गर्न सक्ने वातावरण बनाउन सिक
राज्यको हरेक संयन्त्र जनताका लागि हो
सही ढंगले परिचालित हुन सिक
आफ्नो नागरिकलाई हरेक क्षेत्रमा फेल खुवाएर
विदेशी पोस्ने काम कदापि नसिक ।
नत्र हजारौँ ‘प्रेमप्रसाद’हरू
आगोको लप्कामा जिउँदै जल्न बाध्य हुनेछन्
अनि देश हाँक्ने हँु भन्नेहरूलाई नै
त्यो लप्काले नभेट्ला भन्न सकिन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीद्धारा नारायणघाट–बुटवल सडकको निरीक्षण, चाँडो निर्माण सम्पन्न गर्न निर्देशन
-
करेन्ट लागेर एक जनाको मृत्यु
-
विद्युत् प्राधिकरणमा ‘चोर आतंक’
-
कैलालीमा बस र माइक्रो ठोक्किँदा १० जना घाइते
-
‘सिपाहीको कलमबाट अङ्क २’ पुस्तकबारे छलफल
-
गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण