पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी
शनिबार, १३ माघ २०८०, ०७ : १३

काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । नुवाकोट लिखु गाउँपालिका-४ घर भई हाल काठमाडौँ तार्केश्वर नगरपालिका नेपालटार बस्ने २४ वर्षीय रोजिन न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
न्यौपानेले ७ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख २० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ माछापोखरीबाट पक्राउ गरेको बताइएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजाजको नयाँ वर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक
-
राष्ट्रिय मुक्ति पार्टीमा सबै सदस्यले एक पटक अनिवार्य आर्थिक सहयोग गर्नुपर्ने
-
बाढीले निर्माणाधीन पुलमा क्षति
-
सडक विभागका पूर्वमहानिर्देशक खनालको भक्तपुरस्थित विभिन्न १७ कित्ता जग्गा जफत (कित्तासहित)
-
थाइल्यान्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
२४ वर्षपछि बारको महासचिवमा एमालेको ‘कमब्याक’, को हुन् कोइराला ?