स्पर्सलाई हराउँदै सिटी अर्को चरणमा
शनिबार, १३ माघ २०८०, ०६ : ०३

लण्डन । नाथान आकेले खेलको अन्त्यतिर गरेको निर्णायक गोलको मद्दतले म्यानचेस्टर सिटीले टोटनह्याम हटस्पर्सलाई हराउँदै एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ । स्पर्सको घरेलु मैदानमा ६ वटा प्रयासमा सिटीले पहिलोपटक जीत हासिल गरेको हो ।
यसअघि सिटीले स्पर्सको मैदानमा लगातार पाँच हार बेहोरेको थियो । शुक्रबार राति भएको खेलमा पनि सिटीले थुप्रै अवसर गुमाएपछि खेल बराबरीतर्फ अग्रसर बनेको थियो । तर आकेले ८८ औँ मिनेटमा गोल गर्दै टोलीलाई जीत दिलाए ।
शुक्रबार नै भएका अन्य खेलमा ब्रिस्टर सिटी र नटिङह्याम फरेस्ट तथा चेल्सी र एस्टन भिल्ला गोलरहित बराबरीमा रोकिए । त्यस्तै, सेफिल्ड वेडनस्डे र कोभेन्ट्रीले पनि १–१ को बराबरी खेले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
बेलहियामा एकीकृत भन्सार जाँच चौकी निर्माणको काम ७१ प्रतिशत सम्पन्न
-
राजदूत घिमिरे र बेलायती सभामुखबिच भेटवार्ता, संसदीय सहकार्यमा जोड
-
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना