बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
आईसीसी यू–१९ विश्वकप

अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा  प्रवेश

शुक्रबार, १२ माघ २०८०, २० : ३५
शुक्रबार, १२ माघ २०८०

काठमाडौँ । नेपाल आईसीसी यू–१९ विश्वकप  क्रिकेटको सुपर सिक्समा पुगेको छ । नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै आफ्नो अघिल्लो यात्रा तय गरेको हो । 

नेपालको जितमा आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शन रह्यो । समूह 'डी'बाट सुपर सिक्समा पुगेको नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।

नेपालको जितमा खनालले सर्वाधिक ५८ रनको योगदान दिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै १४५ रन बनाएको थियो । 

अफगानिस्तानका लागि अल्लाह मोहम्मद घजनफारले सर्वाधिक ३७ रनको योगदान गरेका थिए । अफगानिस्तानका पाँच ब्याट्सम्यानले रनको खाता नै खोल्न नसक्दा नसीर खान मारुफखिलले ३१, फरिदुन दावोद्जाईले २९ र जम्शिद जर्दानले ३ रन बनाए । नेपाली बलरबाट अफगानिस्तानले २१ रन अतिरिक्तबापत पाएको थियो ।

नेपालका लागि आकाश चन्दले पाँच विकेट लिए । यस्तै, दिवेश कँडेलले दुई, तिलक भण्डारी, सुवास भण्डारी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप