शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

ढोरपाटनका मेयर देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी

शुक्रबार, १२ माघ २०८०, १८ : २६
शुक्रबार, १२ माघ २०८०

पोखरा । इमेज सहकारी ठगी आरोपपछि फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ । बागलुङ र पोखराका इमेज सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो । तर हालसम्म उनलाई प्रहरीले समात्न सकेको छैन । 

गत जेठ ५ गतेदेखि उनी फरार छन् । इमेज सहकारीको पोखरा र बागलुङबाट झण्डै सवा २ अर्ब रुपैयाँ अपचलन भएको प्रहरीको रिपोर्ट छ । सहकारीका कार्यबाहक अध्यक्ष डोरबहादुर परियारसहित ५ जना पुर्पक्षका लागि थुनामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप