त्रिवि सेवा आयोगको कार्यविधि संशोधन गर्न लागिएको भन्दै अनेरास्वयिवुको आपत्ति
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि संशोधन गर्न लागेको भन्दै आपत्ति जनाएको छ । त्रिवि कार्यकारी परिषद्बाट शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी कार्यविधि, २०७५ मा संशोधन गर्न लागिएकोप्रति अनेरास्ववियुले आपत्ति जनाएको हो ।
२१ असोज २०८० मा त्रिवि कार्यकारी परिषदबाट संशोधन भएको थियो । संशोधन भएको कार्यविधि कार्यान्वयनका लागि त्रिवि सेवा आयोगमा पठाइएको थियो । तर, कार्यान्वयनमा नआउँदै पुनः संशोधन गर्न लागिएको भन्दै अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले आपत्ति जनाएको हो ।
त्रिविका उपकुलपति शिवलाल भुसाललाई ध्यानाकर्षण पत्र बुझाउँदै आपत्ति जनाएको हो ।
विश्वविद्यालयका प्राध्यापकको नियुक्ति र बढुवाका लागि आवश्यक अनुसन्धान तथा कृतिलाई मुख्य आधार बनाइ प्राध्यापक तथा सह प्राध्यापकको आन्तरिक बढुवा गरिनुपर्ने भएतापनि संशोधन भएको कार्यविधिलाई एकपटक पनि कार्यान्वयनमा नल्याइ उक्त संशोधित विषयवस्तु हटाउन विश्वविद्यालयका पदाधिकारीहरूको गलत मनसाय रहेको अनेरास्ववियुको ठहर छ ।
शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी विनियम, २०७५ (संशोधन २०८० असोज २१ गते) को विनियम २१ को उपविनियम (६) को खण्ड (क) मा व्यवस्थाले लोकसेवाको संलग्नता र समन्वयले त्रि.वि. सेवा आयोगले लिने हरेको परीक्षाको प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनले परीक्षाको निष्पक्षता र विश्वसनीयता बढाइ योग्य तथा सक्षम व्यक्ति त्रिवि सेवामा प्रवेश पाउने कुरा विश्वविद्यालयको हितमा रहेको देखिदा देखिँदै पनि उक्त कार्यविधि संशोधन गर्न समिति निर्माण गर्न लागिएको भन्ने अनेरास्ववियुले आपत्ति जनाएको छ । उक्त कार्यलाई विश्वविद्यालयको प्राज्ञिक क्षेत्र नभई आफू निकटतम व्यक्तिहरूको भर्तीकेन्द्र बनाउन उद्धत लागेको अध्यक्ष समीर राज विष्टले आरोप लगाए ।
त्रिवि कार्यकारी परिषद् मार्फत शिक्षक नियुक्ति तथा बढुवा सम्बन्धी कार्यविधि, २०७५ (संशोधित २०८० असोज २१ गते) त्रिवि सेवा आयोगको वेबसाइटमा राख्न समेत माग गरेको छ ।
आफूहरूले उठान गरेका विषयवस्तुमा त्रिवि गम्भीर नदेखिए अनेरास्ववियु जस्तोसुकै आन्दोलनका लागि तयार रहेको चेतावनी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की