कांग्रेसभित्र मैले पाइनँ भन्ने भाष्य तयार भएको छ : उपसभापति गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कांग्रेसभित्र राजनीति पाउनका लागि गरेको हो भन्ने भाष्य सिर्जना भएको बताएका छन् ।
शुक्रबार पार्टी स्थापनाको ७८ औँ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र अहिले मैले के पाएँ भन्ने भाष्य तयार भएको बताए । उनले कांग्रेसमा विगतमा गरिएको निःस्वार्थ राजनीतिबारे अहिले बुझाउन जरुरी रहेको बताए ।
उपसभापति गुरुङले कांग्रेसको गौरवमय इतिहासलाई गौरवको स्थानमा राख्नुपर्ने बताए । उनले विगतका गौरवलाई स्मरण गर्नै मात्र नभई गौरवमय इतिहास कोर्नेतर्फ पनि अग्रसर हुन जरुरी रहेको बताए ।
उनले भने, ‘आज मैले पाइनँ, मैले पाइनँ, मैले के पाएँ ? भन्ने धेरै भाष्य तयार भएको छ कांग्रेसभित्र तर हिजो के पाउनका लागि होइन, के दिनका लागि हामी लडिरहेका थियौँ । हाम्रा अग्रज केका लागि लडिरहेका थिए ? यो कुरा स्मरण गर्न आवश्यक छ । गौरवमय इतिहासलाई गौरवका लागि गौरवको स्थानमा राख्दै वर्तमानमा त्यो गौरवलाई स्मरण गर्ने मात्रै होइन । त्यस्तै गौरवमय इतिहास बनाउनेतर्फ हामीले लाग्नुपर्छ ।’
उपसभापति गुरुङले भविष्यको लागि अहिले गौरवमय इतिहास निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा
-
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु
-
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत
-
वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न उद्यमशिलता विकास गर्नुपर्छ : उपराष्ट्रपति
-
ऊर्जा मन्त्रालयले कुलमानलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने !