प्रधानन्यायाधीश श्रेष्ठको प्रश्न : अहिले अदालतलाई कसैले औँला ठड्याउन सकेको छ ?
![प्रधानन्यायाधीश श्रेष्ठको प्रश्न : अहिले अदालतलाई कसैले औँला ठड्याउन सकेको छ ?](https://npcdn.ratopati.com/media/news/bb_ZiCpJ4LdHI.jpg)
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय गतिका साथ अघि बढिरहेको दाबी गरेका छन् । कर्मचारीहरुको कामले गर्दा नै न्यायालय गतिका साथअघि बढिरहेको उनको भनाई थियो ।
नेपाल निजामती कर्मचारी संगठन, विभागीय कार्य समिति, सर्वोच्च अदालतद्वारा प्रकाशित पुस्तक ‘न्याय’को शुक्रबार काठमाडौँमा लोकार्पण गर्दै प्रधानन्यायाधीश श्रेष्ठले कर्मचारी, न्यायाधीश सबैका कारण न्यायालय र न्यायकर्मीहरुमाथि कसैले पनि औला ठड्याउने अवस्था नरहेको जिकिर समेत गरे । उनले न्यायकर्मीहरु सबै एकजुट भएर हिँडेकाले पनि न्यायालयमाथि कसैले प्रश्न उठाउने ठाउँ नभएको तर्क गरे ।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयका सबै कर्मचारीमाथि आफूले समान खालको व्यवहार गर्ने प्रतिवद्धता व्यक्त गरे । न्यायालयको प्रमुखको हैसियतले न्यायालय भित्रका सबै कर्मचारी, न्यायाधीशहरुमाथि समान व्यवहार गर्नु आफ्नो कर्तव्य भएको पनि उनले बताए । उनले न्याय र कानुनसँग सम्बन्धित विषयमा कुनैपनि समस्या भएमा समाधानका लागि आफूले सधैँ साथ दिने आश्वासन पनि मातहतका निकायलाई दिए ।
उनले भने,‘तपाई कर्मचारी साथीहरुले गर्दा नै अहिले गतिमा हिँड्दै छ न्यायालय । अहिले कसैले हामीलाई औँला ठडयाउन सकेको छ र ? हामी सबै एकजुट भएर हिँडेका छौ नि । कर्मचारी, न्यायाधीश सबै ल गरौँ भनेर होष्टेमा हैँसे पार्नुभएको छ । तपाईहरुको ठूलो योगदान छ । सबै कर्मचारी साथीहरुको योगदान छ । त्यसलाई म आदर, सम्मान गर्छु । र, जुन काम तपाईहरुले गर्नुभएको छ । यदि त्यो न्यायसँग सम्बन्धित छ । कानुनसँग सम्बन्धित छ । त्योदेखि बाहेक म जान मिल्दैन । तपाईँले यति कुरा बुझिदिनुस् मेरो । त्यस्तो छ भने मसँग आउनुस् । म त्यो काममा तपाईहरुले सधै सहयोग र साथ दिन्छु ।’
प्रधानन्यायाधीश श्रेष्ठले न्याय नामक पुस्तक न्याय क्षेत्रको उन्नयनमा महत्त्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता