भट्टलाई दलको नेताबाट हटाएका धामी भन्छन्– मन्त्रीहरू तत्काल फिर्ता हुँदैनन्
![भट्टलाई दलको नेताबाट हटाएका धामी भन्छन्– मन्त्रीहरू तत्काल फिर्ता हुँदैनन्](https://npcdn.ratopati.com/media/news/man-bahadur-dami_T0DLdHmd9o.jpg)
काठमाडौँ । बहुमतबाट माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता चयन भएका मानबहादुर धामीले तत्काल मन्त्रिमण्डल फेरबदल नहुने प्रतिक्रिया दिएका छन् ।
शुक्रबार बसेको संसदीय दलको बैठकले नेता खगराज भट्टलाई हटाएर धामी दलको नेता चयन भएका हुन् । ‘बहुमतबाट निर्णय भएपनि तत्काल हामी मन्त्रिपरिषद् पुनर्गठन वा सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउँदैनौँ । नेता परिवर्तन भएपनि संसदीय दलमा सबैलाई मिलाएर लैजान्छु’, रातोपाटीसँग कुराकानी गर्दै धामीले भने ।
प्रमुख सचेतक समेत रहेका धामीलाई उपनेता अक्कलबहादुर रावल, राज्यमन्त्री गीता माल, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विकले समर्थन गरेका थिए । प्रदेशसभा सभामुखसहित माओवादीका १० जना सांसद रहेका छन् । तीमध्ये भट्टसहित सरकारमा सहभागी मन्त्रीहरू सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र सांसद जानकीदेवी कुँवर अनुपस्थित रहेका थिए ।
दलको निर्णय पार्टी कमिटीलाई समेत जानकारी गराइसेको धामीले बताए । यसअघि धामीले प्रदेशसभामा दोस्रो ठुलो दल हुँदासमेत संसदीय दलका नेता भट्टले कांग्रेससाम निरीहता देखाएको आरोप लगाएका थिए । सरकारमा सहभागी मन्त्रीहरू तत्काल फिर्ता बोलाए समस्या समाधान हुनसक्ने धामीले बताएका थिए ।
सरकारको काम कारबाही पारदर्शी नभएको, जबाफदेहिता नभएको, कांग्रेसले सिङ्गो पार्टी सिस्टम जस्तो गरी सरकार चलाएको, माओवादीका मन्त्रीहरू निरीह भएको लगायत आरोप लगाउँदै सरकारबाट मन्त्री फिर्ता र संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने माग दाबीसहित प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकलम दाहाललाई धामी लगायतका नेताहरुले पत्र नै बुझाएका थिए । त्यसपछि अध्यक्ष प्रचण्डले ग्रिन सिग्नल दिएपछि सुदूरपश्चिम माओवादी संसदीय दलको नेता परिवर्तन भएको माओवादी नेता कार्यकर्ताहरुको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिकोमा बस र ट्रक ठोक्किँदा आगलागी, ४१ जनाको मृत्यु
-
५० हजारको लफडाले साढे चार महिनादेखि अड्कियो झ्याप्लेखोला पहिरोको बीमा रकम
-
फिलिप्सको शतकसामु निरीह बन्यो पाकिस्तान
-
विभिन्न मुद्दामा फरार रहेका ११ प्रतिवादी पक्राउ
-
साइबर अपराध रोक्न विधेयक दर्ता भएको हो, अभिव्यक्ति स्वतन्त्रता रोक्न होइन : महासचिव पोखरेल
-
दिल्लीमा पराजयपछि अब कसरी अघि बढ्लान् अरविन्द केजरीवाल ?