प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबको लगातार छैटौँ जित, कर्णाली ६ विकेटले पराजित
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शुक्रवार खेलिएको खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा हालसम्म ६ खेल खेलेको पुलिसको यो छैटौँ जित हो । पुलिस क्लबले हालसम्म एक खेल पनि हारेको छैन । सातौँ खेल खेलेको कर्णाली प्रदेशको भने यो चौथो हार हो । यसअघि तीन खेलमा कर्णाली प्रदेश पराजित भएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिलो ब्याटिङ रोजेको कर्णाली प्रदेशले ४२.५ओभरमा अलआउट हुनुअघि एक सय ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबले भने २३.४ ओभरमै केवल चार विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो ।
पुलिस क्लबको जितमा ओपनर दिलीप नाथले अविजित ७५ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान दिलीपले केवल ६२ बलको सामना गरी चार छक्का र ६ चौका पनि हिर्काए । अर्का ओपनर कुशल भुर्तेलले पनि टोलीका लागि ४३ रनको योगदान गरे ।
कुशलले केवल २८ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए । कप्तान दिपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । उनले २८ बलमा एक छक्का र चार चौका हिर्काए । कर्णाली प्रदेशका बलर प्रकाश जैसीले दुई तथा दिपेन्द्र रावत र दिवान पुनले एक–एक विकेट हात पारे ।
त्यसअघि कर्णाली प्रदेशका लागि ओपनर ब्याट्सम्यानद्वय रविन्द्र शाही र निश्चल रावलले ६३ रनको साझेदारी गरेका थिए । निश्चलले अर्धशतकीय पाली खेल । रनआउट पेभेलियन फर्किनुअघि उनले ५० रन बनाए । उनले एक सय सात बलको सामना गरी ६ चौका पनि हिर्काए ।
कप्तानसमेत रहेका अर्का ओपनर रविन्द्र भने ४० रन बनाउँदै आउट भए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ३५ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान अर्जुन घर्तीले पनि टोलीको खातामा २३ रन थपे ।
विकेटकिपर ब्याट्सम्यान अर्जुनलले ३४ बलमा दुई छक्का र एक चौका हिर्काए । कर्णाली प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । बिपिन शाही चार र हिमांशु शाही आठ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए ।
प्रकाश जैसी पनि पाँच रनभन्दा अगाडि बढ्न सकेनन् । दीपेन्द्र रावत तीन रन बनाउँदै आउट भए । दिनेश अधिकारीले तीन रन बटुले । युनिस सिंहले खातासम्म खोल्न सकेनन् । दिवान पुनले पनि पाँच बलमा तीन छक्काको मद्दतले २० रन बनाए । कर्णाली प्रदेशले अतिरिक्त रूपमा १५ रन पायो ।
पुलिस क्लबका बलर सागर ढकालले तीन विकेट लिए । उनले ९.५ ओभरमा ४८ रन खर्चिएका थिए । ललित भण्डारीले पनि दुई विकेट हात पारे । दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल भुर्तेलले एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति धर्मशाला प्रकरणमा महानगरविरुद्ध उच्च अदालतको अर्को आदेश
-
सत्तारुढ दुई दलीय संयन्त्रले छुट्टाछुट्टै ९ वटा कार्यदल बनाउने
-
चालु खाताको बचत घट्न थाल्यो, शोधनान्तर स्थिति सुधारकै अवस्थामा
-
नेपालसँग पौने २३ खर्बको विदेशी मुद्रा, माग धान्ने अवधि घट्न थाल्यो
-
अध्यादेशको सङ्केत, राष्ट्रपतिसँग कानुनमन्त्रीसहित प्रधानमन्त्रीले गरे भेटवार्ता
-
ऊर्जा मार्गचित्रको प्रभावकारी कार्यान्वयनका लागि इप्पानद्वारा १७ बुँदे सुझाव