राष्ट्रपति पौडेलसँग बेलायती कर्णेलको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका बेलायती सेनाका रथी तथा गोर्खा बिग्रेडका कमाण्डेन्ट रिचर्ड वार्डल ओवीइ र सहायक कर्णेल मार्क लान्क्यास्टर नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा भएको उक्त भेटवार्तामा संयुक्त अधिराज्यका राजदूतको समेत उपस्थिति रहेको थियो । सो अवसरमा राष्ट्रपति समक्ष बेलायती प्रतिनिधि मण्डलले ब्रीज अफ गोर्खा सन् २०२३ को बार्षिक प्रतिवेदन पेस गरेको छ ।
त्यस क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटका अवसरमा राष्ट्रपति पौडेलले ब्रिटिस गोर्खा सैनिकहरूका बारेमा चासो व्यक्त गर्दै बेलायतले नेपालको विकास साझेदारका रूपमा नेपालको विकासमा सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा
-
१० बजे १० समाचार : घाटामा रेलदेखि ललिता निवासमा अख्तियार सर्वोच्चसम्म
-
विश्वकपको बदला, अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा
-
रुपन्देहीको सुनगाभा सैनामैना गोल्डकप : फर्साटिकारले पुलिसलाई हरायो
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्ति सशस्त्र र नेपाल प्रहरीबाटै लुटिए