कृषि क्षेत्रको प्रगति प्रविधिमार्फत मात्रै सम्भव छः कृषिमन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताएका छन् ।
शुक्रवारबाट शुरु भएको तीन दिने कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्दै उनले प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुने इतिहास रहेको बताए । उनले नेपालले कृषि उत्पादनमा वृद्धि गर्नुपर्ने बेला भइसकेको भन्दै सरकारले कृषि उत्पादनलाई अझ बढाउने गरी काम गरिरहेको बताए । भुसालले उत्पादन वृद्धि गर्नका निम्ति उत्पादकत्व वृद्धि गर्नुपर्ने र लागत खर्च घटाउनुपर्ने बताए । उनले कृषिमा अबका दिन यान्त्रीकरणको महत्व बढ्दै गइरहेको बताए ।
उनले भने, ‘कृषिमा प्रगति हुने नै प्रविधिको विकासमार्फत हो । आजसम्मको हामीले ढुंगे युगदेखि अहिले आएर जुन खालका अटोमेटिक मेसिनहरुको प्रयोग भएको छ, यो इतिहासलाई हेर्दा यही देखिन्छ । प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुन्छ । हामीले कृषि उत्पादनमा वृद्धि गर्नु नै पर्नेछ । अत्यन्तै मेहनताका साथ हामी त्यो गर्न चाहन्छाँै । उत्पादन वृद्धि गर्नका निम्ति उत्पादकत्व वृद्धि गर्नुपर्छ । लागत खर्च घटाउनुपर्छ । त्यसका निम्ति यान्त्रीकरणको ठूलो महत्व छ । आधुनिक प्रविधिको पनि धेरै ठूलो महत्व छ । यी दुवै कामका निम्ति यो प्रदर्शनीले योगदान गर्नेछ भन्ने मलाई लाग्दछ ।’
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले किसानहरु ठगिने कुरालाई रोक्न जरुरी रहेको बताउनु भयो । उहाँले व्यवसायीहरुको अस्वस्थ प्रतिष्पर्धाका कारण किसानहरु ठगिने गरेको बताए ।
शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १४ गते आईतवारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका सय भन्दा बढी स्टलहरु रहेका छन् । विशेष गरी कृषिसम्बन्धि भारत र चीनका कम्पनीहरुको स्टल मेला रहेको छ । प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाई, विषादी रहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु
-
दल विभाजनतर्फ नलाग्न सरकारसँग जोशीको आग्रह
-
केभिआर स्टेज रेस च्यालेन्जमा लोकेन्द्र र सोनिमा विजेता
-
पोखरामा त्रिदेशीय पर्यटन एक्स्पो सम्पन्न
-
कुलेखानीले बगाएको सिस्नेरी सडक पुनः निर्माण गर्न २ प्याकेजमा ठेक्का
-
कालसँग कुस्तीः असी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त सार्वजनिक