सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता परिवर्तन, खगराजलाई हटाइयो
धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ ।
आज बसेको माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सांसद मान बहादुर धामीलाई नयाँ संसदीय दलको नेता चयन गरेको हो । धामी पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत हुन् ।
माओवादीको यसअघि दलको नेतामा खगराज भट्ट रहेका थिए । संसदीय दलका उपनेता अक्कल रावलले भट्टलाई हटाएर दलको नेतामा धामीलाई चयन गरेको रातोपाटीलाई जानकारी गराए ।
अब माओवादी मन्त्रीहरू पनि फेरबदल हुने रावलले संकेत गरे । सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीका एक राज्यमन्त्रीसहित ३ मन्त्री रहेका छन् । पछिल्लो समय सुदूरपश्चिम माओवादीमा खटपट देखिएको छ ।
सरकारको कार्यसम्पादन, माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरू कार्यक्षमता र दलका नेता भट्टको कार्यशैलीलाई लिएर राज्यमन्त्रीसहित ७ जना प्रदेश सांसदले पुस २१ गते नै प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित पत्र बुझाएका थिए ।
संसदीय मोर्चाबाट पत्र बुझाउनेमा सभामुख भीमबहादुर भण्डारी, प्रमुख सचेतक मानबहादर धामी, राज्यमन्त्री गीता माल, सांसदहरू अक्कलबहादुर रावल, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलालाई भूगोलमा आरक्षण दिनेतर्फ पनि सोच्नुपर्छ : सांसद पन्त
-
भरतपुरका ६ स्थानमा ‘ट्राफिक लाइट’ राखिने
-
‘विकास निर्माण गर्न नदिएर ताप्लेजुङलाई मसानघाट बनाउने हो ?’
-
मेक्सिकोमा बस र ट्रक ठोक्किँदा आगलागी, ४१ जनाको मृत्यु
-
५० हजारको लफडाले साढे चार महिनादेखि अड्कियो झ्याप्लेखोला पहिरोको बीमा रकम
-
फिलिप्सको शतकसामु निरीह बन्यो पाकिस्तान