मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

तीन खेलको प्रतिबन्धमा परे बायर्न म्युनिखका खेलाडीमाथि आक्रामण गर्ने प्रशिक्षक

शुक्रबार, १२ माघ २०८०, १० : ३०
शुक्रबार, १२ माघ २०८०

काठमाडौँ । जर्मन बुन्डेस लिगा फुटबलका क्रममा विपक्षी टोलीका खेलाडी लेरोय सानेको अनुहारमा आक्रमण गर्ने युनियन बर्लिनका प्रशिक्षक नेनाद बेजेलिकामाथि तीन खेलको प्रतिबन्ध लगाइएको छ ।

बुन्डेस लिगाअन्तर्गत बायर्न म्युनिखविरुद्धको खेलमा आफ्नो टोली १–० गोलले पराजित भएपछि आक्रोशित बनेका प्रशिक्षक नेनाद बायर्नका सानेको अनुहारमा मmम्टिएका थिए । उक्त घटना खेलको ७४औँ मिनेटमा भएको थियो ।

मैदानबाट बाहिर गएको बल लिन पुगेका सानेलाई ‘टच लाइन’ नजिकै प्रशिक्षक नेनादले आक्रमण गरेका थिए । यस्तै घटनामा प्रशिक्षक नेनादले यसअघि पनि २५ हजार युरो जरिवाना तिरिसकेका छन् । घटनापछि जर्मन फुटबल संघले उनीमाथि तीन खेलको प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

‘यो अमर्यादित र खेल भावना विपरितको कार्य हो । फुटबलमा यस्ता घटना क्षम्य हुँदैन,’ जर्मन फुटबल संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ५२ वर्षीय नेनाद क्रोएसियन नागरिक हुन् । अघिल्लो सिजनको बुन्डेस लिगामा चौथो भएको युनियन बर्लिन यसपटक लिग तालिकाको १५औँ स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप