बुढानीलकण्ठ नगरपालिकाद्वारा करारमा स्वास्थ्य सेवाका कर्मचारी माग
शुक्रबार, १२ माघ २०८०, ०६ : ३१

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालमा सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
अस्पताल निर्देशक, मेडिकल अधिकृत, स्टाफ नर्स लगायत पदका स्वास्थ्य सेवाका कर्मचारी सेवा करारबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र माग बमोजिमका प्रमाणपत्र र यस नगरपालिकाको राजश्व शाखामा राजश्व दाखिला गरेको सक्कलै रसिद सहित दरखास्त दिन नगरपालिकाले आह्वान गरेको हो ।
आवेदन आहृवान सम्बन्धी विस्तृत सूचना बुढानीलकण्ठ नगरपालिकाको वेभसाइट www.budhanilkanthamun.gov.np बाट प्राप्त गर्न सकिनेछ । पदपूर्ति सम्बन्धी आवश्यक प्रक्रिया बुढानीलकण्ठ नगरपालिका, करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ बमोजिम हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत