सचिव लम्साल र चिनियाँ राजदूत सोङबिच भेटवार्ता
बिहीबार, ११ माघ २०८०, १८ : ०२

काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबिच भेटवार्ता भएको छ ।
लम्साल सचिवमा नियुक्त भएपछि राजदूत सोङको यो पहिलो भेट हो । सो भेटमा नेपाल–चीनबिचको सम्बन्धका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल भोलि शुक्रबार नेपाल भ्रमणमा आउँदै छन् । त्यसको विषयमा सचिव लम्साल र राजदूत सोङबिच छलफल भएको स्रोतले जनाएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन भोलि बंगलादेश हुँदै चार दिने नेपाल भ्रमणमा नेपाल आउन लागेका हुन् । नेपालमा उनले विभिन्न दलका नेताहरुसँग सामूहिक छलफल गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धि : चैतमा १२ हजार भित्रिए
-
पदक विजेता बक्सिङ खेलाडीलाई स्वागत, तस्बिरहरू
-
‘एक्लो’ कान्स फिल्म फेस्टिभलमा प्रदर्शन हुने
-
एलभीएमएचलाई उछिनेर येहमेस बन्यो विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनी
-
लस एन्जल्स ओलम्पिकमा क्रिकेट खेल अस्थायी रंगशालामा खेलाइने
-
चलचित्र ‘मैना’ निर्माणको घोषणा