बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा निर्वाचन

कर्णालीमा गठबन्धनका तीनैजना विजयी

बिहीबार, ११ माघ २०८०, १७ : ३७
बिहीबार, ११ माघ २०८०

सुर्खेत । कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्।  सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार मतपरिणामअनुसार गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका हुन् । 

गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार छन्। रोकायाले प्रदेशतर्फ ३० र स्थानीय तहतर्फ १२० मत प्राप्त गरेका छन् । 

मल्लले प्रदेशसभातर्फ २९ र स्थानीयतहतर्फ ११५ मत प्राप्त गरिन् विकले प्रदेशसभातर्फ २९ र स्थानीयतहतर्फ १२० मत प्राप्त गरेका छन् । 

एमालेका उम्मेदवार विमला शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरिन् भने हिक्मत विकले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गरे । यस्तै डिल्लीप्रसाद भट्टले प्रदेशमा १० र स्थानीयतर्फ ३६ मत पाए । 
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप