पहिलो टेस्ट : इङ्ल्यान्डको निराशाजनक प्रदर्शन, भारतको गतिलो सुरुआत
काठमाडौँ । इङ्ल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतले गतिलो सुरुआत गरेको छ । हैदराबादमा जारी पहिलो टेस्टको पहिलो दिन बिहीबार इङ्ल्यान्डलाई सस्तोमा समेटेको घरेलु टोली भारतले ब्याटिङमा पनि गतिलो प्रदर्शन गरेको छ ।
पहिलो दिनको खेल सकिँदासम्म भारतले आफ्नो पहिलो पालीमा केवल एक विकेट गुमाएर एक सय १९ रन बनाएको छ । भारतका लागि ओपनर ब्याट्सम्यान यसश्वी जैसवाल अविजित ७६ र सुभमन गिल अविजित १४ रन बनाउँदै क्रिजमा छन् ।
जैसवालले ७० बलको सामना गरी तीन छक्का र नौ चौका तथा गिलले ४३ बलको सामना गरी एक चौका हिर्काएका छन् । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान रोहित शर्मा भने २४ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले २७ बलमा तीन चौका हिर्काए । भारतको एकमात्र विकेट ज्याक लिचले लिएका थिए । इङ्ल्यान्डले पहिलो पालीमा बनाएको भन्दा भारत एक सय २७ रनले पछाडि छ ।
त्यसअघि पहिलो पालीमा भ्रमणकारी टोली इङ्ल्यान्ड केवल दुई सय ४६ रन बनाउँदै अलआउट भएको थियो । पहिलो टेस्टको पहिलो दिन भ्रमणकारी इङ्ल्यान्डको पुरै टोली केवल ६४.३ ओभरमा अलआउट भएको थियो ।
पहिलो पालीमा भारतीय टोलीका स्पिनरहरुको आक्रमणसामु इङ्ल्यान्डका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । इङ्ल्यान्डका लागि कप्तान बेन स्टोक्स ७० रनमा बनाए । उनले ८८ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काए ।
ओपनर ज्याक क्रावलीले २० र बेन डकेटले ३५ रन बनाएका थिए । अनुभवी ब्याट्सम्यान जोए रुट पनि २९ रनभन्दा अगाडि बढ्न सकेनन् । जोनी ब्रेस्टोले पेभेलियन फर्किनुअघि ३७ रन बनाए । रेहन अहमदले १३ र टम हर्टलीले २३ रन जोडे । टेस्ट क्रिकेटमा हर्टलीको यो ‘डेब्यू’ खेल हो ।
भारतीय टोलीका बलर रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले तीन–तीन विकेट लिए । अक्सर पटेल र जसप्रित बुमराहले पनि दुई–दुई विकेट हात पारे । पहिलो टेस्टमा भ्रमणकारी टोली इङ्ल्यान्डले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातदेखि मौन अवधि सुरु हुँदै : के-के गर्न पाइँदैन ?
-
रुसले गर्यो युक्रेनको ऊर्जा सञ्जालमा प्रहार, १० लाखभन्दा बढी युक्रेनी जनता अन्धकारमा
-
नेपाल आइपुगे कमेडियन सुनिल ग्रोवर
-
एनपीएल खेल्न नेपाल आइपुगे ओमानका पूर्वकप्तान जिसन मक्सुद
-
बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्धको माग खारेज
-
मदन भण्डारी स्पोर्टस एकेडेमीको वार्षिक खेल कार्यक्रम सार्वजनिक