जलवायु परिवर्तनको असर : हिउँमुनि ४८ हजार ५०० वर्षदेखि पुरिएको जम्बी भाइरस ब्युँतियो

काठमाडौँ । कोरोना भाइरसको महामारीको चपेटाबाट विश्व राम्ररी उब्रिएकै छैन । हामीले बल्लतल्ल कोरोनासँगै बाँच्न सिकेका छौँ ।
विश्वमा अर्को ठूलो संकट मडारिरहेको चेतावनी वैज्ञानिकहरूले दिएका छन् । यो संकट यति भयानक छ कि यसको कल्पना कसैले गर्नै सक्ने छैन । आगामी केही वर्षभित्र सारा विश्व जम्बी भाइरसको चपेटामा आउन सक्ने उनीहरूको भनाई छ । यसको कारण अरु केही होइन, विश्वव्यापी तपामान वृद्धि हो ।
जानकारहरूका अनुसार साइबेरियाको आर्कटिक पर्माफ्रष्टमा हजारौँ वर्षदेखि जमेर बसेको भाइरस बाहिर आउन सक्नेछ । यी भाइरसको स्ट्रेनहरु अनुसन्धाताहरुले फेला पारिसकेका छन् । द गार्जियनमा छापिएको समाचारका अनुसार पर्माफ्रष्ट पग्लिँदा लाखौं हजारौँ वर्षदेखि जमेर बसेका जैविक पदार्थ र विध्वंस मच्चाउने भाइरस पनि बाहिर आउन सक्नेछ ।
पृथ्वीमुनि स्थायी रुपमा जमेको हिउँको सतहलाई पर्माफ्रष्ट भनिन्छ । पृथ्विको तापमान बढिरहँदा विस्तारै पर्माफ्रष्ट पग्लिरहेको छ । यसको सबैभन्दा ठूलो खतरा ४८ हजार ५०० वर्षदेखि हिउँमुनि थुनिएर बसेको खतरनाक जम्बी भाइरस बाहिर निस्कने हो कि भन्ने छ ।
यो भाइरस बाहिर आयो भने मान्छे मात्रै होइन जीवजन्तु र बोटविरुवाको समेत अस्तित्व संकटमा पर्नेछ । यसलाई हेरेर वैज्ञानिकहरूले आर्कटिकमा निगरानी नेटवर्कको योजना बनाउन थालेका छन् ।
जम्बी भाइरसको संक्रमणका कारण हुन सक्ने बिमारीको शुरुआती मामिला पत्ता लगाउन सकियोस् भनेर यो नेटवर्क बनाइएको हो । गएको वर्ष फ्रान्सका वैज्ञानिकहरूले वर्षौको अनुसन्धानपछि यो भाइरस जिउँदो हुने दाबी गरेका थिए । अनुसन्धानका क्रममा वैज्ञानिकहरूले भाइरसको केही नमुना जम्मा पनि पारेका थिए । अध्ययनका क्रममा एउटा नमुना ४८ हजार ५०० वर्ष पुरानो पाइएको थियो ।
अनुसन्धाताहरूको यस तर्कलाई रोटर्ड््यामस्थित इरास्मस मेडिकल सेन्टरका महामारी विज्ञ मारिओन कूपम्यान्सले पनि समर्थन गरेका छन् । कूपम्यान्सका अनुसार पर्माफ्रोस्टमा कुन–कुन भाइरस छन् भन्ने कुरा वैज्ञानिकहरूलाई पनि थाहा छैन । यिनीहरूमा महामारी व्यापक पैmलाउन सक्ने वास्तविक जोखिम भने छ । यो प्राचिन कालको पोलियो जस्तै हुन सक्ने उनी बताउँछन् । त्यस्तै केही हुन सक्छ भनेर अनुमान गर्नु पर्ने उनको भनाई छ ।
सन् २०१४ मा एक्स–मार्सल विश्वविद्यालयका जाँ मिचेल क्लाभेयरको नेतृत्वको एउटा टोली साइबेरिमा जिउँदो भाइरसलाई अलग्याएका थिए । यी भाइरसहरु हजारौँ वर्षदेखि पर्माफ्रष्टमा पुरिएर बसेका भएपनि यिनीहरुले एक कोशिय जीवलाई संक्रमित गर्न सक्ने देखिएको थियो । गत वर्ष पनि अनुसन्धाताहरूले साइबेरियाका विभिन्न सात स्थानबाट कयौं भाइरल स्ट्रेनको अस्तित्व फेला पारेका थिए । यीमध्ये एउटा भाइरसको नमुना करिब ४८ हजार ५०० वर्ष पुरानो थियो । यी मध्ये केही भाइरसहरूबाट अमेबियालाई मात्रै खतरा थियो ।
तर यसको मतलब पर्माफ्रोस्टमा जमेका भाइरसहरूले मानिसमा रोग निम्त्याउन सक्दैन भन्ने चाँहि नभएको उनको भनाई थियो । पछिल्लो समय साइबेरियामा खानी सञ्चालनको योजना अगाडि बढिरहेका छन् । तेल र ग्यासँ निकाल्न पर्माफ्रोस्टमा ठूला गहिरा प्वाल खन्ने काम भइरहेका छन् । जसका कारण पनि यी भाइरस बाहिर निस्कने जोखिम बढेको छ । यसको प्रभाव विनाशकारी हुन सक्छ भनेर वैज्ञानिकहरूले भनिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’
-
एप स्टोरबाट एप्पलले हटायो १ लाख ३५ हजार एप
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट