बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

भारतविरुद्धको पहिलो टेस्ट : दुई सय ४६ रनमै समेटियो इङ्ल्यान्ड

बिहीबार, ११ माघ २०८०, १५ : ३४
बिहीबार, ११ माघ २०८०

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो पालीमा भ्रमणकारी टोली इङ्ल्यान्ड केवल दुई सय ४६ रन बनाउँदै अलआउट भएको छ । भारतको हैदराबादमा जारी पहिलो टेस्टको पहिलो दिन बिहीबार इङ्ल्यान्डको पुरै टोली केवल ६४.३ ओभरमा अलआउट भएको हो ।  

पहिलो पालीमा भारतीय टोलीका स्पिनरहरुको आक्रमणसामु इङ्ल्यान्डका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । इङ्ल्यान्डका लागि कप्तान बेन स्टोक्स ७० रनमा बनाए । उनले ८८ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काए ।

ओपनर ज्याक क्रावलीले २० र बेन डकेटले ३५ रन बनाएका थिए । अनुभवी ब्याट्सम्यान जोए रुट पनि २९ रनभन्दा अगाडि बढ्न सकेनन् । जोनी ब्रेस्टोले पेभेलियन फर्किनुअघि ३७ रन बनाए । रेहन अहमदले १३ र टम हर्टलीले २३ रन जोडे । टेस्ट क्रिकेटमा हर्टलीको यो ‘डेब्यू’ खेल हो ।

भारतीय टोलीका बलर रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले तीन–तीन विकेट लिए । अक्सर पटेल र जसप्रित बुमराहले पनि दुई–दुई विकेट हात पारे । पहिलो टेस्टमा भ्रमणकारी टोली इङ्ल्यान्डले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप