बालेन, हर्क र गोपीले गरे मतदान बहिस्कार

काठमाडौँ । गत वर्ष स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित तीन जना मेयरले राष्ट्रियसभा निर्वाचनको मतदान बहिस्कार गरेका छन् । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’, धरान उपमहानगरपालिका मेयर हर्क राई ‘साम्पाङ’ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ‘गोपी’ले मतदान बहिस्कार गरेका हुन् ।
आज बिहान ९ देखि ३ बजेसम्म मतदानको समय तोकिएको भएपनि सम्बन्धित प्रदेशको मतदान केन्द्रमा बालेन, हर्क र गोपी मतदान केन्द्रमा गएनन् । हर्कको मतदान केन्द्र कोशी प्रदेशको विराटनगर, बालेनको मतदान केन्द्र बागमती प्रदेशको हेटौडा र गोपीको मतदान केन्द्र सुदूरपश्चिमको धनगढीमा थियो ।
कोशी प्रदेशमा २ सिटका तीन दलका पाँच जना उम्मेदवार थिए भने बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार थिए । यस्तै सुदूरपश्चिमका ३ सिटमा तीन दलका ६ उम्मेदवार थिए ।
स्थानीय निर्वाचन स्वतन्त्र जितेका उनीहरु दलका उम्मेदवारलाई मतदान गर्न नभएको बुझिएको छ । तीनै जना मेयरले कार्यव्यवस्ता देखाउँदै मतदान बहिस्कार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको १२५ प्रतिशतको जवाफमा अमेरिकाले लगायो २४५ प्रतिशत ट्यारिफ
-
पन्ध्र गोही राप्ती नदीमा छाडियो
-
किन्ने हो ऐँसेलु ?
-
चीनले किन जारी गर्यो ८५ हजार भारतीयलाई भिसा ?
-
आईपीएलमा ‘खेल मिलेमतो’ को आशंका, बीसीसीआईले जारी गर्यो कडा निर्देशन
-
कर्णालीमा विकास बजेट कार्यान्वयनको अवस्था नाजुक, ९ महिनामा २० प्रतिशतमात्रै खर्च