फोनपोइन्ट्स र फोनपेबीच लोयल्टी कार्यक्रम व्यवस्थापनका लागि सम्झौता

काठमाडौँ । फोनपोइन्ट्स प्रा.लि. र नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क रहेको भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिसेज लिमिटेडबीच लोयल्टी व्यवस्थापन कार्यका लागि सम्झौता भएको छ ।
सम्झौतापत्रमा फोनपोइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेल र फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले हस्ताक्षर गरे। यो सम्झौता बुधवारदेखि नै लागु भइसकेको छ ।
सम्झौताअनुसार फोनपे फोनपोइन्ट्सको इकोसिस्टममा लोयल्टी व्यवस्थापनका लागि सहभागी बन्नेछ । फोनपोइन्ट्सले पारस्परिक रूपमा फोनपे प्रयोगकर्तालाई प्रशासन, व्यवस्थापन, र लोयल्टी पोइन्टहरू र पुरस्कारहरू समाहित गर्दै व्यापक सेवाहरू प्रदान गर्नेछ ।
सम्झौता कार्यक्रममा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, “ हामी लोयल्टी रिवार्ड व्यवस्थापनमा हाम्रो नयाँ साझेदारको रूपमा फोनपोइन्ट्सको साथ अगाडि बढ्ने यात्राको उत्सुकतापूर्वक आशा गरिरहेका छौ । हामी यो साझेदारीले ग्राहकको सन्तुष्टिमा उल्लेखनीय बृद्धि गर्ने आशा गर्दछौ ।”
फोनपोइन्ट्स र फोनपे बीचकोे यस सहकार्यले नेपालमा लोयल्टी कार्यक्रम व्यवस्थापनको भविष्यलाई आकार दिनको लागि महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु