बलात्कार मुद्दाका आरोपीलाई इन्टरपोलको सहयोगमा कतारबाट नेपाल ल्याइयो
बिहीबार, ११ माघ २०८०, १५ : ११

काठमाडौँ । बलात्कार मुद्दामा फरार युवकलाई इन्टरपोलको सहयोगमा कतारमा पक्राउ गरेर नेपाल ल्याइएको छ । इन्टरपोलबाट रेड नोटिस जारी भएका सुनसरीको वराहक्षेत्र नगरपालिका–१९ घर भएका सेहमान खाँ लाई नेपाल ल्याइएको सुनसरीका एसपी विपिन रेग्मीले जानकारी दिए ।
२५ वर्षीय सेहमानलाई म्याद थप गर्न सुनसरी जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ । एनसिबी दोहासँग समन्वय गरेर उनलाई नेपाल ल्याइएको हो ।