राष्ट्रियसभा निर्वाचन
बागमती प्रदेशमा ६ मत खस्न बाँकी
बिहीबार, ११ माघ २०८०, १४ : १०
_ywq7bb4lv0_y2k2My6IDz.jpg)
हेटौंडा । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा ६ मत खस्न बाँकी रहेको छ । निर्वाचनमा अहिलेसम्म ११० प्रदेश सांसदहरुमध्ये १०८ जनाले मतदान गरेका छन् । त्यस्तै स्थानीय तह तर्फ २४७ मध्ये २३३ जनाले मतदान गरेका छन् ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका उपाध्यक्ष उमा लामा, नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ, काभ्रे चौरी देउराली गाउँपालिका उपाध्यक्ष शेरबहादुर तामाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मतदान गर्न बाँकी छ ।
उपाध्यक्ष लामा मतदानका लागि आउँदैछिन भने अन्य जनप्रतिनिधिहरु मतदानका लागि नआउने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षित हुन्छ त अनुहारमा कागती दल्नु ?
-
शिक्षक सडकमा : सरकार शयनमा
-
बबई नदीमा प्रशासनले मोटरबोट सञ्चालनमा लगायो रोक
-
निषेधाज्ञा हटेपछि मात्रै एमाले वीरगञ्ज महानगर कमिटिको मतदान हुने
-
नेकोस सातौँ अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप वैशाख पहिलो साता
-
‘संविधान संशोधनभन्दा पनि त्यसको समीक्षा गरेर अघि बढ्नुपर्छ’