लुम्बिनी बिजनेस समिटमा रिलायन्स फाइनान्सले साझेदारी गर्ने
काठमाडौँ । लुम्बिनी बिजनेस समिट २०८० को फाइनान्स साझेदारका रूपमा रिलायन्स फाइनान्सले साझेदारी गर्ने भएको छ । व्यावसायिक कृषि, वनपैदावर, जडिबुटी, पर्यटन, साना, मझौला, स्टार्टअप र नवप्रर्वतनलगायतका व्यवसायको विकास गर्दै प्रदेशस्तरमा लगानीको अवसर र यसको प्रवर्द्धनका लागि पहिलो पटक प्रदेशस्तरमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।
साझेदारी सम्बन्धी समझदारी पत्रमा रिलायन्स फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र आयोजक संस्थाहरूको तर्फबाट नेपाल बिजनेस इन्स्टिच्युट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरे । चैत्रको दोस्रो हप्ता लुम्बिनी प्रदेशमा आयोजना हुने सम्मेलनमा प्रदेशभित्रका उद्यमीहरू, वैदेशिक रोजगारीबाट फर्केका युवा उद्यमीहरू, स्थानीय सरकार र प्रदेश सरकारका प्रमुखहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, निजी संघसंस्थाका प्रतिनिधिलगायत सरोकारवालाहरु गरी ४०० जना प्रतिनिधिको सहभागिता रहने छ ।
लुम्बिनी प्रदेश सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) र नेपाल बिजनेस इन्स्च्युिटको मुख्य पहलकदमी र विभिन्न स्थानीय सरकार एवं उद्यमशीलता र व्यावसायिक क्षेत्रको प्रवर्द्धनमा क्रियाशील निजी क्षेत्र, वित्तीय संघसस्थाहरुसहित दुई दर्जनभन्दा बढी साझेदार निकायहरूको अगुवाइमा यो सम्मेलन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको समाधान तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन
-
पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
-
काठमाडौँ महानगरले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने
-
मधेसमा जनमत नेतृत्वको सरकारलाई ‘रिप्लेस’ गर्न चाहन्छ कांग्रेस
-
कीर्तिपुरमा पुरुषको शव फेला, घटनास्थलमा किटनाशक औषधीको बट्टा पनि भेटियो
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा विस्तार गर्ने