कीर्तिमानको चाङबिच मधेशले गण्डकी प्रदेशलाई दियो ३३६ रनको विशाल लक्ष्य

काठमाडौँ । आफ्ना ओपनर ब्याट्सम्यान अनिल शाहले उत्कृष्ट शतकीय पाली खेलेपछि मधेशप्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्र तियोगिताको बिहीबारको खेलमा गण्डकी प्रदेशलाई जितका लागि तीन सय ३६ रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मधेशप्रदेशले निर्धारित ओभरमा पाँच विकेट गुमाएर तीन सय ३५ रन बनाएको हो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक योगफल पनि हो ।
यसअघि मधेशप्रदेशविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लबले तीन सय २० रन बनाएको थियो । जारी प्रतियोगितामा हालसम्म कुनै पनि टोलीले तीनपटक मात्र तीन सय वा त्योभन्दा बढी रन बनाउन सकेका छन् । त्यसमध्ये दुईपटक त मधेशप्रदेशले नै यस्तो उपलब्धि हासिल गरेको छ । यसअघि मधेशप्रदेशले सुदूरपश्चिमविरुद्धको खेलमा पनि नौ विकेट गुमाएर तीन सय १९ रन बनाएको थियो ।
गण्डकीविरुद्धको खेलमा मधेशप्रदेशका लागि विकेटकिपर ब्याट्सम्यान अनिलले एक सय २७ रनको योगदान गरे । लामो समय क्रिजमा सँघर्ष गरेका अनिलले एक सय २५ बलको सामना गरी ६ छक्का र ११ वटा चौका पनि हिर्काए । उनी जारी प्रतियोगिताको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् ।
यसअघि एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी सुदूरपश्चिम प्रदेशका नरेन भट्ट थिए । नरेनले मधेशप्रदेशविरु द्धकै खेलमा एक सय २१ रन बनाएका थिए । बिहीबारको खेलमा मधेशप्रदेशका अनिलले नरेनलाई नै पछि पारेका हुन् । जार ी प्रतियोगितामा हालसम्म आठजना खेलाडीले शतक प्रहार गरिसकेका छन् ।
अनिल जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पनि पहिलो स्थानमा छन् । उनले हालसम्म आठ खेलखेलेर ४६.२५ को औसतले कुल तीन सय ७० रन बनाइसकेका छन् । सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा बागमती प्रदेशका आशुतो ष घिरैया दोस्रो स्थानमा छन् । उनले आठ खेलमा ४६ को औसतले कुल तीन सय ६८ रन बनाएका छन् ।
गण्डकीविरुद्धको खेलमा मधेशप्रदेशका लागि अनिलका अतिरिक्त अरनिको यादबले पनि अर्धशतकीय पाली खेले । उनले अविजित ६३ रन बनाए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका अरनिकोले केवल ३४ बलको सामना गरी तीन छक्का र पाँच पनि हिर्काए ।
पवन सर्राफले पनि टोलीका लागि ४० रनको योगदान गरे । चौथो नम्बरका ब्याट्सम्यान पवनले ३८ बलमा दुई छक्का र तीन चौका पनि प्रहार गरेका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान रुपेशसिंहले २३ रन जोडे । उनले ३५ बलमा तीन चौका हिर्काए ।
मयान यादबले पनि टोलीको खातामा २७ रन थपे । उनले ४४ बलमा दुई चौका प्रहार गरे । अभिषेक तिवारीले पनि टोलीको खातामा अविजित २७ रन थपे । उनले केवल १९ बलमा एक छक्का र एक चौका पनि प्रहार गरे ।
कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान हरिशंकर शाह दुई रनमै पेभेलियन फर्किएका थिए । मधेशप्रदेशले अतिरिक्त रुपमा पनि १७ रन पाएको थियो । गण्डकी प्रदेशका बलर सन्दीप पराजुलीले दुई विकेट लिए । कृष्ण पौडेल र कमल परियारले पनि एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा कमाण्डर फरार
-
म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ
-
तीनकुने घटनापछि प्रहरी हेडक्वार्टरले मगायो उपत्यका बाहिरको फौज
-
गुजरातद्वारा मुम्बईसामु जितका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत