बागमतीको मतदान अन्तिम चरणमा, को–को भए अनुपस्थित ?

हेटौँडा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशको मतदान अन्तिम चरणमा पुगेको छ । मकवानपुरको हेटौँडामा बिहान नौ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दा अन्तिम चरणमा पुगेको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचन बागमती प्रदेश निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलकाअनुसार मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।
उनका अनुसार मतदाता रहेका प्रदेशसभा सदस्य ११० जना मध्ये ९९ जनाले मतदान गरिसकेका छन् । त्यस्तै २३७ स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये २२९ जनाले पनि मतदान गरिसकेका छन् । निर्वाचन अधिकृत सन्जेलले नौ बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएकाले ३ बजेसम्म नै मतदानका लागि पर्खने बताए ।
बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपाङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल भिड्दै छन् ।
नुवाकोटको किस्ताङ गाउँपालिकाका अध्यक्ष चेक बाउन्सको मुद्दा परेकाले उनी भने निर्वाचनमा सहभागी हुन गएका छैनन् । त्यस्तै काभ्रेको चौँरी देउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर लामा बिरामी भएकाले मतदानमा सहभागी भएका छैनन् ।
काठमाडौँका मेयर बालेन साह पनि मतदानमा सहभागी छैनन् । हाम्रो नेपाली पार्टीका २ सांसद शैलेन्द्र बज्राचार्य र सरिता खड्गी पनि मतदानमा सहभागी भएका छैनन् । यो सबै जोड्दा १६३ मतभार घट्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध