शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीलाई हराउन एपीएफले १३४ रन बनाउनुपर्ने

बिहीबार, ११ माघ २०८०, ११ : ५६
बिहीबार, ११ माघ २०८०

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा लुम्बिनी प्रदेशले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई जितका लागि एक सय ३४ रनको सामान्य लक्ष्य दिएको छ ।

सिद्धार्थनगर रंगशालामा टस जिती पहिले ब्याटिङको निर्णय लिएको लुम्बिनी प्रदेशले ४१ ओभरमै अलआउट हुनुअघि एकसय ३३ रनमात्र बनाउन सक्यो । लुम्बिनी प्रदेशका लागि दिलसाद अलीले सर्वाधिक अविजित ३९ रनको योगदान गरे ।

सातौँ नम्बरमा क्रिज समाल्न आएका दिलसाद अलीले ४२ बलको सामना गरी पाँच चौका पनि प्रहार गरे । त्यसअघि ओपनर ब्याट्सम्यानद्वय मृनाल गुरुङ र बिराट भण्डारीले टोलीका लागि ३९ रनको साझेदारी गरेका थिए ।

मृनालले ३४ रन बनाए । उनले ८८ बलमा तीन चौका प्रहार गरे । विराटले पनि टोलीको खातामा २३ रन थपे । उनले ५१ बलमा चार चौका हिर्काए । तेस्रो नम्बरका ब्याट्सम्यान प्रज्ज्वल थापाले पनि ११ रन बनाएका थिए ।

लुम्बिनी प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो । एपीएफ क्लबका रमेश कुर्मी एक्लैले पाँच विकेट लिए । उनले १० ओभरमा दुई मेडन राख्दै केवल २९ रन खर्चिए । भुवन कार्कीले पनि तीन विकेट लिए । रोहित पौडेल र मौसम ढकालले पनि एक–एक विकेट हात पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप