फोटोफिचर
विराटनगरमा राष्ट्रियसभा चुनावको चहलपहल (तस्बिरहरू)
बिहीबार, ११ माघ २०८०, ११ : ४४

मोरङ । कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ । यो प्रदेशमा निर्वाचित हुने २ पदका लागि पाँच जना उम्मेदवार चुनावी मैदानमा छन् । तर एमाले उम्मेदवारले राप्रपालाई सहयोग गर्ने भएकाले खासगरी चारजना उम्मेदवारबिच प्रतिस्पर्धा हुँदैछ ।
कोशीमा नेपाली कांग्रेसका नेता कृष्ण सिटौला सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेकाले पनि कोशीको निर्वाचनलाई चासोका साथ हेरिएको छ । मतदान चलिरहेका बेलामा कांग्रेस नेता शेखर कोइराला मतदानस्थलमा पुगेका छन् । यो प्रदेशमा ९३ प्रदेशसभा सदस्य र स्थानीय तहका २७४ प्रमुख उपप्रमुखले मतदान गर्दैछन् ।