जिम्मेबारीबाट बिदा लिने योजना बनाएका प्रशिक्षक स्कालोनी अन्ततः अर्जेन्टिनामै रहने
काठमाडौँ । विभिन्न आशंका र अनुमानका बिच अन्ततः चर्चित फुटबल प्रशिक्षक लियोनल स्कालोनी अर्जेन्टिनामै रहने भएका छन् । ४५ वर्षीय स्कोलानी अर्जेन्टिनालाई विश्वकपको उपाधि चुमाउने टोलीका प्रशिक्षक हुन् ।
उनकै प्रशिक्षकत्वमा अर्जेन्टिनाले सन् २०२२ मा कतारमा सम्पन्न विश्वकपको उपाधि जितेको थियो । सन् २०२६ को विश्वकप फुटबलको गत नोभेम्बरमा सम्पन्न छनोट खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० गोलले हराएपछि प्रशिक्षक स्कालोनीले आफूले छिट्टै पदत्याग गर्ने बताएका थिए ।
अहिले आएर उनले आफू अर्जेन्टिनामै रहने नयाँ प्रतिक्रिया सार्वजनिक गरेका हुन् । ‘यसबिचमा विभिन्न कोणबाट छलफल भयो । परिस्थितिमा केही परिवर्तन पनि आयो । मैले साथीहरुसँग सल्लाह पनि गरेँ । अन्ततः अझै केही समय अर्जेन्टिनामै रहने निर्णय लिएको छु,’ उनले भनेका छन् ।
प्रशिक्षक स्कालोनीले टोलीमा नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने योजना पनि बनिरहेको बताएका छन् । ‘अहिलेको राष्ट्रिय टोली राम्रो छ । अब नयाँ प्रतिभालाई स्थान दिने विषयमा पनि ध्यान केन्द्रित गरिएको छ,’ उनले भनेका छन् ।
उनी अर्जेन्टिनी राष्ट्रिय टोलीका पूर्वखेलाडी पनि हुन् । उनले सन् २००३ देखि सन् २००७ सम्म अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेलेका थिए । डेपोर्टिभो ला कोरुना, वेस्ट हाम, एटलान्टाजस्ता क्लबबाट ब्यवसायीक फुटबल पनि खेलेका थिए ।
स्कालोनी सन् २०१८ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रशिक्षक बनेका थिए । उनले सन् २०२१ मा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि पनि चुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरले हटाएका कर्मचारी अदालतमा, दिएन अन्तरिम आदेश
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित