आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अफ्रिका कप अफ नेसन्स खेल्ने अन्तिम १६ टोली टुङ्गो लाग्यो

बिहीबार, ११ माघ २०८०, ०८ : ३८
बिहीबार, ११ माघ २०८०

काठमाडौं । अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा पुग्ने सबै टिमको टुङ्गो लागेको छ । ६ वटा समूहबाट शीर्ष २ टिमले सिधै अन्तिम १६ मा स्थान बनाउँदा बाँकी ४ टिमहरू भने समूहका उत्कृष्ट तेस्रो स्थानमा रहनेले नकआउट चरणको यात्रा तय गर्न सफल भए ।

बुधबार राति भएको समूह एफका खेलसँगै अन्तिम १६ मा पुग्ने टिमको टुङ्गो लागेको हो । समूह एबाट इक्वेटोरियल गिनी र नाइजेरिया, समूह बीबाट केप भर्डे र इजिप्ट, समूह सीबाट सेनेगल र क्यामरुन, समूह डीबाट एंगोला र बुर्किना फासो, समूह ईबाट माली र दक्षिण अफ्रिका, समूह एफबाट मोरक्को र कंगो राउण्ड अफ सिक्सटीनमा पुगेका छन् ।

यस्तै, समूहका तेस्रो स्थानमा रहने टिमहरूमा समूह एबाट आइभरी कोष्ट, समूह सीबाट गिनी, समूह डीबाट मौरिटेनिया र समूह इबाट नामेवियाले नकआउट चरणमा स्थान पक्का गरे । राउन्ड अफ सिक्सटीन (प्रिक्वाटर फाइनल) खेल शनिबारदेखि सुरु हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप