टेरामक्स प्रकरणमा अख्तियारद्वारा मुख्यसचिव अर्यालयसँग सोधपुछ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा मुख्यसचिव डा बैकुण्ठ अर्यालसँग सोधपुछ गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रणालीमा घोटाला भएको भन्दै अख्तियारमा परेको उजुरीका सम्बन्धमा उनको नाम पनि मुछिएपछि अख्तियारले बयानका लागि बोलाएको थियो ।
सोहीअनुसार अर्याल अख्तियार गएर आफ्नो कुरा राखेर फर्किएका हुन् । अख्तियार स्रोतका अनुसार आफूमाथि लागेका अभियोग र सोधिएका प्रश्नहरुको उनले विस्तृतमा जवाफ दिएर फर्किएका छन् । नीतिगत निर्णयमा आफ्नो नाम कसैले मुछेपछि आफूबाट कुनै गल्ती कमजोरी नभएको बयानमा उनले जिकिर गरेका छन् ।
यसअघि पेमेन्ट गेटवे विवादमा पनि अर्यालले अख्तियारलाई बयान दिएका थिए । कानुनी पूर्वाधारविना टेरामक्स प्रणाली खरिद अघि बढाएको, सर्वोच्च अदालतको आदेशको आफू अनुकूल व्याख्या गरेको उजुरी अख्तियारमा छ ।
यस्तै ट्याक्स हेभन मुलुकको कम्पनीसँग शंकास्पद कारोबार गरेको लगायतको विषयमा पनि उजुरी परेको छ भने अख्तियारले अनुसन्धानलाई तीव्र पारेको जनाइएको छ । यो प्रकरणमा केही राजनीतिक दलका नेता समेत जोडिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकी कोरिडोर सडक : मालढुङ्गा–फर्से खण्ड कालोपत्र
-
समितिमा विचाराधीन विधेयकहरू छिटो टुंग्याउन अर्थमन्त्री पौडेलको आग्रह
-
प्रयोगमा ल्याएर फेल भएको ‘अतिरिक्त सचिव’ राख्ने सहमति
-
नक्कली नोटसहित एक जना पक्राउ
-
घोराहीमा कर वृद्धि गरेपछि अभियानकर्मी आन्दोलित
-
श्रम मन्त्रालयले भन्यो– मलेसिया रोजगारीमा सिण्डिकेट लागू भएको छैन