शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

सुस्ताको समस्या देशकै समस्या हो : सभामुख घर्तीमगर

बुधबार, १० माघ २०८०, १९ : ३२
बुधबार, १० माघ २०८०

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुल बहादुर घर्तीमगरले सुस्ताको समस्या देशकै समस्या भएको बताएका छन् । 

बुधबार नवलपरासी जिल्लाको सुस्तामा सुस्ता बचाउ अभियानका अभियन्ता स्वर्गीय गोपाल प्रसाद गुरुङको प्रथम स्मृति कार्यक्रममा बोल्दै सभामुख घर्ती मगरले सुस्तामा बसेका नागरिकहरूको समस्या राष्ट्रिय समस्याका रुपमा लिएर समाधान गर्नुपर्ने बताए । उनले सुस्ताको लालपुर्जा र नागरिकताको समस्या संघीय सरकारले टुग्याउनुपर्ने बताए ।  

सभामुख घर्तीमगरले देशको अधिकांश सीमामा समस्या रहेको भन्दै सुस्ता सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील स्थान भएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद देवकरण कलवारले  सुस्ताको विकास र शान्ति कायम गर्नका लागि सवै लाग्नुपर्ने बताए । सुस्तामा सडक निर्माण, जनता आवास कार्यक्रम चलिरहेको उनले बताए । 

सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले दशगजा नभएका कारण जग्गा नाप्न रोकिएको भन्दै संघीय सरकारले यस विषयमा चासो लिनुपर्ने बताए ।

युवा अभियन्ता योगेन्द्र गौतमले स्वर्गीय गुरुङले सामाजिक रुपान्तरण र सुस्ता बचाउन गरेको अभियानका बारेमा चर्चा गरे ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप