मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

आहा रारा गोल्डकप : विभागीय आर्मी क्वाटरफाइनल प्रवेश

बुधबार, १० माघ २०८०, १९ : १९
बुधबार, १० माघ २०८०

पोखरा । पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा त्रिभुवन आर्मी फुटबल क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ । बुधबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा नवलपुरको राइजिङ स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम ८ मा प्रवेश गरेको हो ।

आर्मीका लागि कप्तान भरत खवासले २७ औँ मिनेटमा गोल गरे । उनकै गोल आर्मीको जितमा पर्याप्त भयो । निर्णायक गोल गरेका उनी म्यान अफ दि म्याच समेत घोषित भएका छन् ।

खेल अवधिमा धेरै अवसर पाएपनि दुवै टोली गोल गर्नबाट वञ्चित रहे । 

बिहीबार मच्छिन्द्र क्लब र जावलाखेल क्लबबिच तेस्रो प्रिक्वाटर फाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार पुरस्कार पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप