देशभर १७ वटा वायु गुणस्तर मापन केन्द्र बन्द
बुधबार, १० माघ २०८०, २३ : ४२

काठमाडौँ । देशभर १७ वटा वायु गुणस्तर मापन केन्द्र बन्द भएका छन् । नेपालभर २७ वटा वायु गुणस्तर मापन केन्द्रमध्ये १७ वटा बन्द र १० वटा सञ्चालित रहेको वातावरण विभागले जनाएको छ ।
वायु गुणस्तर मापन केन्द्र काठमाडौँ उपत्यकामा ७ वटा छन् । काठमाडौँ उपत्यका बाहिर झापा, विराटनगर, जनकपुर, हेटौँडा, लुम्बिनी, धनगढी, महेन्द्रनगर, पोखरा, धनकुटा लगायत स्थानमा ती मापन केन्द्र स्थापित छन् ।
मर्मत गरिरहेका हुनले सो १७ वटा हावा गुणस्तर मापन गर्ने यन्त्र सञ्चालनमा आउन नसकेका हुन् ।
देशभरमा रहेका मापन केन्द्रले सो स्थानको लाइभ वायु गुणस्तरको अपडेट दिन्छन् । तर हाल तीमध्ये अधिकांश बन्द स्थितिमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल