लोकतन्त्रमा बोल्दा र प्रदर्शन गर्दा गोली हान्नु लज्जाजनक : अध्यक्ष ठाकुर
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले बालकुमारी र सर्लाहीमा प्रदर्शनका क्रममा सरकारद्वारा गोली हानेर हत्या गर्नु लज्जाजनक विषय भएको बताएका छन् ।
बुधबार गजेन्द्रनारायण सिंहको २२ औँ पुण्य तिथिको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सर्लाही र बालकुमारीमा प्रदर्शन गर्दा पनि सरकारबाट गोली हानी हत्या गरिएको घटनाको विरोध गरे । उनले वाक स्वतन्त्रताका लागि लड्नेहरुबाटै प्रदर्शन गर्दा र बोल्दा मार्ने कुरा लोकतन्त्रको पक्षमा नहुने बताए । उनले लोकतन्त्रमा बोल्ने र प्रदर्शन गर्ने सुविधा सबैलाई हुने बताए ।
उनले भने, ‘हामी अहिले पनि आफूलाई आन्दोलनकै अवस्थामा पाउँछौँ । बारम्बार हामी सोच्नका लागि बाध्य हुन्छौँ कि फेरि जेलमा बस्न, फेरि फाँसी पाउन, फेरि गोली चलाइरहेको छ । लाठी चार्ज भई नै रहेको छ । यहीँ काठमाडौंैमै गोली चल्यो, सर्लाहीमा गोली चल्यो । हालैको कुरा हो । अहिलेसम्म प्रजातन्त्रमा, लोकतन्त्रमा मानिसहरुलाई बोल्ने हक हुँदैन, प्रदर्शन गर्नका लागि सुविधा हुँदैन । यो संविधानको संशोधन जुन गर्नुपर्छ भनिरहेका छौँ ।’
अध्यक्ष ठाकुरले जनसंख्याको आधारमा प्रदेश र स्थानीय सरकार बन्न नसकेको गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छ : थपलिया
-
श्रीमतीलाई उपहार भन्दै डाक्टरले गरे आफ्नै परिवार नियोजन
-
मधेसको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ : अध्यक्ष महतो
-
पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा
-
‘मदारीले भालु नचाएजस्तो होइन कविता’
-
समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव