प्रहरी पार्ट–टाइम लुटेरा बनेपछि...

ढाका । गएको वर्ष जनवरी २३ मा दुबईबाट ढाका विमानस्थलमा अब्दुल्लाह मुन्शी ओर्लिए । राति ११ बजे उनी अटो रिक्सा चढेर खलिगाउँस्थित आफ्नो भाइको घरमा गए ।
अटो रिक्सा बनानीमा रहेको सैनिक रंगशालामा आइपुग्दै गर्दा पछाडिबाट माइक्रोबस आएर बाटो छेक्यो । चार जना माइक्रोबसबाट ओर्लिए र आफूहरू प्रहरी हुँ भन्दै अटो रिक्सा रोक्न संकेत गरे । उनीहरुले अब्दुल्लाहलाई रिक्साबाट तानेर बाहिर ल्याए ।
दुवै हातमा हतकडी लगाएर उनलाई माइक्रोबसमा हाले । आँखामा पट्टी बाँधे र कुटपिट गर्न थाले । उनीसँग भएको दुई ओटा गोल्डबार, गहना, फोन र ल्यापटप लुटेपछि उनलाई छाडिदिए ।
प्रहरीले यस मामिलाबारे छानबिन गर्दा लुटेराहरु प्रहरी हवलदारहरु भएको खुलासा भयो । यो मामिला अदालतसम्म पुग्यो । अदालतमा चारै जनाले आफूले गरेको अपराध स्वीकार गरे ।
बंगलादेशमा पछिल्लो समय यस्ता अनेकौँ घटनाहरु घटिरहेका छन् । गएको ६ महिनामा मात्रै बनानी, विमानस्थल र उत्तर पश्चिम प्रहरी थानाले प्रहरी कर्मचारी संलग्न ६ ओटा घटनाबारे छानबिन गरेको छ । यस्ता घटनामा प्रहरी कर्मचारीहरु मात्रै होइन अध्यागमनका अधिकारी र सानातिना अपराधीहरु पनि संलग्न रहेको पाइएको छ ।
यो समूहले खासगरी विदेशबाट काम गरेर फर्किएका बंगलादेशीहरुलाई निशाना बनाएर उनीहरुको साथमा रहेको सुन लुटेर बहुमूल्य धातु भारत तस्करी गर्ने गरेको पाइएको छ । सन २०२३ को पहिलो ९ महिनामा ३०४ जना प्रहरी कर्मचारीहरुहरु विरुद्ध लुटपाटको मामिलामा कम्तीमा ३१८ ओटा घटनाहरु दर्ता भएका छन् ।
यस मामिलामा देशभरबाट ७९ जना पक्राउ परेका छन् । सन् २०२२ मा पनि १ हजार ७३१ प्रहरी कर्मचारीहरुलाई विभागीय कारबाही गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक छ : उपप्रधानमन्त्री सिंह
-
शीतल निवासमा 'फेमार' काटेर राष्ट्रपतिले सुरु गरे ग्याल्पो ल्होसार
-
प्रधानन्यायाधीश पनि ट्रम्पकै पक्षमा, विदेश सहयोग रोक्का जारी राख्न दिए अनुमति
-
लागुऔषध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालकसहित २ जना पक्राउ
-
भूकम्पपछिको पुनःनिर्माणका लागि कहाँ-कहाँ खुल्दैछ प्राधिकरणको अस्थायी कार्यालय ?
-
‘वरिष्ठ बलराम’ आगामी लक्ष्मी पूजामा रिलिज हुने