बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

एनसेल र सामसङबिच साझेदारी, ग्यालेक्सी एस–२४ अग्रिम बुकिङ गर्नेलाई ‘लक्स नम्बर’

बुधबार, १० माघ २०८०, १४ : ४६
बुधबार, १० माघ २०८०

काठमाडौँ । एनसेल र सामसङ नेपालबिच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विशेष सुविधा उपलब्ध गराउन साझेदारी भएको छ । 

यस साझेदारी अन्तर्गत, एस२४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५०० जना ग्राहकले आफ्नो इच्छा अनुसार एनसेलको स्पेशल लक्स नम्बरलिन पाउने छन् ।

सामसङ नेपालले शुक्रबारबाट नै ग्यालेक्सी एस–२४ सिरिजका स्मार्टफोनका लागि अग्रिम बुकिङ लिन थालिसकेको छ । अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७०० एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउने छन् ।

यस साझेदारीका बारेमा बताउँदै एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने, ‘ग्यालेक्सी एस२४ सिरिज सबै भन्दा विशेष छ किनकि हामीले अग्रिम बुकिङमा एनसेलका प्रिमियम नम्बरहरू प्रदान गर्दैछौं । नवप्रवर्तन र अत्याधुनिक प्रविधिमार्फत नयाँ संभावनाहरु पहिल्याउन प्रतिबद्ध विश्वको अग्रणी टेक कम्पनीसँग साझेदारी गर्न पाएकोमा हामी उत्साहित छौँ ।’

सामसुङको ग्यालेक्सी एस२४ सिरिजमा प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधाहरू रहेका छन् । यो सिरिजमा रहेको ग्यालेक्सी एआईले एआई लाइभ ट्रान्सलेट, अझ प्रभावकारी सर्च रिजल्टका लागि सर्कल, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट जस्ता दैनिक जनजीवन सहज बनाउन सहयोग गर्ने विभिन्न अन–डिभाइस सुविधाहरु प्रदान गर्दछ । यो सिरिजले उच्च गोपनीयता र सुरक्षा सुनिश्चित गर्दछ र यो डिभाईस टाइटेनियमबाट बनेकोले एकदमै बलियो रहेको छ ।

सामसुङको ग्यालेक्सी एस२४ सिरिजमा प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधाहरू रहेका छन् । यो सिरिजमा रहेको ग्यालेक्सी एआईले च्याट असिस्ट, एन्ड्रोइड अटो, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट जस्ता विभिन्न अन–डिभाइस अनुभवहरू प्रदान गर्दछ । यो सिरिजले उच्च गोपनीयता र सुरक्षा सुनिश्चित गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप