प्रियंका चोपडाले साइन गरिन् हलिउड फिल्म ‘द ब्लफ’

नयाँ दिल्ली । बलिउड हुँदै हलिउड पुगेकी प्रियंका चोपडा सफलताको शिखरमा छिन् । नायिकाले हलिउडका विभिन्न प्रोजेक्ट साइन गरिरहेकी छिन् ।
‘देसी गर्ल’ पछिल्लो पटक एक्शन भरपूर सिरिज ‘सिटाडेल’मा देखिएकी थिइन् । अभिनेत्री रिचर्ड म्याडेनको शीर्ष भूमिका रहेको यही एक्शन प्याक्ड थ्रिलर सिरिजको दोस्रो सिजनमा देखिनेछिन् ।
अन्तरराष्ट्रिय सञ्चार माध्यममा छापिएका खबरहरुका अनुसार प्रियङ्काका फ्यानका लागि अर्को खबर पनि छ । खबरका अनुसार प्रियंका चोपडाले अर्को हलिउड फिल्म पनि साइन गरेकी छिन् ।
यो फिल्म १८०० को दशकको पिरियड ड्रामा हो । यो फिल्मको नाम ‘द ब्लफ’ रहेको छ । फिल्मको निर्माण द रुसो ब्रदर्सले गर्नेछन् । फिल्मको छायांकन जुनबाट सुरु हुने बताइएको छ । अहिलेसम्म प्रियंका र निर्माण पक्षले यसबारे कुनै आधिकारिक जानकारी दिएका छैनन् ।
प्रियंका चोपडाको कामको कुरा गर्नु पर्दा उनीसँग अहिले दुई वटा हलिउड प्रोजेक्ट छन् । जसमध्ये एउटा ‘सिटाडेल २’ र अर्को ‘हेड्स अफ स्टेट’ हो । यसबाहेक अभिनेत्रीको हातमा बलिउड फिल्म ‘जी ले जरा’ पनि छ ।
यस फिल्ममा प्रियंका आलिया भट्ट र कट्रिना कैफसँगै देखिनेछिन् । यो फिल्मलाई रीमा कागतीले निर्माण गरेकी हुन् । यस फिल्मलाई निर्माता तथा अभिनेता फरहान अख्तरले निर्देशन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होली पर्वमा राष्ट्रपतिको सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने
-
चार दिन यता काठमाडौंंसहित देशभर मौसम गडबडी, आज तीन प्रदेशमा पानी पर्ने
-
तनावपूर्ण मड्रिड डर्बी : एटलेटिकोमाथि नाटकीय जित निकाल्दै रियाल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
-
फागुपूर्णिमाको दिन आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?
-
सगरमाथा आरोहणको तयारी सुरु, बाटो बनाउन खटाइए ‘आइसफल डाक्टर’